काठमाडौं । कस्कीको विजयपुरमा बम विष्फोट हुँदा एक प्रहरी र पत्रकार घाइते भएका छन् ।

मंगलबार विप्लव माओवादीले गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा टोली पुग्न समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।

विस्फोटमा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् । उनीहरुको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको छ ।

Comments

comments