नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले काँग्रेस र एमालेले राजनीतिक निकास नचाहेकाले सर्वपक्षिय राजनीतिक सम्मेलन भाँडिएको बताउनुभएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै वैद्यले कांग्रेस र एमालले राष्ट्रिय सहमतिको लागि भन्दापनि औपचारिकताको लागि मात्र सर्वपक्षिय राजनीतिक सम्मेलनको आयोजना गरेको बताउनुभयो । निकास दिन नसक्ने कुनैपनि नामको गोष्ठीमा बस्नुको औचित्य नभएको वैद्यको भनाई थियो ।

एक फरक प्रसंगमा अध्यक्ष वैद्यले माथिल्लो कर्णालीको पिडिए राष्ट्रहित विरोधी भएका बताउनुभयो । उहाँले आफ्नो देशलाई अन्धकारमा राखेर नेपालको सम्पदा विदेशीलाई दिन नहुने धारणा व्यक्त गर्नुभयो । देशकै लगानीकर्ताले बनाउन सक्ने परियोजनालाई विदेशीका हित हुने गरि सम्झौता भएकाले आफूहरुले विरोध गरेको वैद्यले उल्लेख गर्नुभयो ।

Please follow and like us:

Comments