अफ्गानिस्तानमा राष्ट्रपतिका दुई उम्मेद्वारबीच शक्ति साझेदार गर्ने सहमती भएको छ ।

राष्ट्रपतिका उम्मेद्वार असरफ गनी राष्ट्रपति र उनका प्रतिद्वन्द्वी अब्दुल्लाह अब्दुल्लाह प्रमुख कार्यकरी चयन हुने सहमती भएको छ ।  प्रमुख कार्यकारीलाई प्रधानमन्त्री बराबरको अधिकार दिइनेछ । राष्ट्रपतीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्रै सत्ता साझेदारीको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ । तीन महिनाअघि सम्पन्न राष्ट्रपतीय निर्वाचनको अन्तिम मतपरिणाम आज सार्वजनिक हुदैछ ।

यसअघि दुवै उम्मेद्वारले एकअर्कालाई निर्वाचनमा धाँधली गरेको आरोप लगाउदै आएका थिए । जसका कारण मतगणनामा विवाद भएको थियो ।

Comments

comments