एजेन्सी । बेलायतमा ट्वेलेटमा क्यामरा जडान गर्ने भरातीय मूलका एक शिक्षकलाई ४ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ। गत बुधबार ४६ वर्षीय राहुल ओडेद्रालाई अदालतले जेल सजाय तोकेको हो।

विज्ञान विषयका शिक्षक राहुलले तीन वटा स्कुलको महिला ट्वेलेटमा क्यामरा फिट गरेर छात्राको भिडियो रेकर्ड गर्ने गरेका थिए। ती तिन स्कुल मध्ये एक स्कुलकी छात्राले आफू ट्वेलेट गएको समयमा त्यहाँ क्यामरा रहेको शंका मानेपछि घटना बाहिर आएको थियो।

पुलिसले जांच गर्दा राहुलले महिला ट्वेलेटमा क्यामरा जडान गरेर रेकर्ड गरेका दुई सय भन्दा बढी भिडियो फेला परेका थिए ।

Comments