काठमाडौं । सरकारले आम संचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेको छ ।

सूचना तथा संचार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जनतालाई सही सूचना दिन उन्नत स्तरको आम संचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय समाचार समितिको ५७ औं वार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाचारका सबै सामग्रीहरु व्यवस्थापन हुनेगरी प्रतिष्ठान स्थापना गर्ने विषयमा छलफल भईरहेको जानकारी पनि दिए ।

उनले निष्पक्ष समाचार सम्प्रेषण गरी जनताको सही सूचना पाउने संवैधानिक अधिकार सुनिश्चित गराउन प्रतिवद्ध भएर लाग्न पनि संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।

सरकारले राष्ट्रिय समाचार समितिको शाखालाई सबै प्रदेशमा विस्तार गर्ने योजना पनि अघि सारेको छ । सचिव अधिकारीले समितिको शाखा विस्तारका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्ने आश्वासन दिए । कार्यक्रममा राष्ट्रिय समाचार समिति विशेष सम्मानबाट प्राध्यापक पी खरेल सम्मानित भएका छन् ।

Comments

comments