संसदको गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान भएको छलफल निष्कर्षबिहिन भएको छ ।

संसद सचिवालय सिंहदरबारमा भएको छलफलमा संयन्त्रको कार्यक्षेत्र र सहभागिताको विषयमा कुरा नमिलेपछि बैठक दिउसो २ बजे फेरि बस्ने गरी टुंगिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।  एमाले महासचिव ईश्वर पोखरेलले संयन्त्र बनाएर सदनको गतिरोध खुलाउने विषयमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको जानकारी गराउनुभयो ।

बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नेकपा एमालेका अध्यक्ष केपी ओली, ईश्वर पोखरेल र कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, महेश आचार्यलगायतको सहभागीता रहेको थियो ।

Please follow and like us:

Comments