काठमाडौं । आज ६८ औं प्रजातन्त्र दिवस तथा १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

प्रजातनत्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ भने देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै छ ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीेले बदलिँदो परिवेशमा लोकचाहाना अनुसार सम्बोधन गरेर अघि बढ्नुपर्ने बइन् । राष्ट्रपति भण्डारीले सन्देशमा मतदानमार्फत निर्दिष्ट भएका जनताको मूल्य मान्यतालाई कदर गर्दै मुलुकलाई सम्बृद्धिको बाटोमा बढाउनुको विकल्प नभएको बताइन् ।

यसैबीच, उपरराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसको अवसरमा २००७ सालको महान् जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले राणा निरंकुश जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अंकित रहेको उल्लेख गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक शासनको स्थापना र विकासका लागि गरिएका २००७ सालको जनक्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२र ६३ को जनआन्दोलन, शान्तिपूर्ण आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्वान्जली अर्पण गरेका छन् ।

घाइते भएका ज्यूदा सहिदको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहिद परिवार र लोकतन्त्रको प्राप्तीको लडाईमा संलग्न प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गरेको प्रधानमन्त्रीद्वारा जारीे शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

Comments