एजेन्सी । उडिरहेको प्लेनमा यात्रुले पादेको विषयमा झगडा परेपछि आकस्मिक अवतरण गरिएको छ। एउटा डच एयरलाइन्सको फ्लाइटमा यो घटना घटेको हो ।

ट्रान्साविया एयरलाइन्स एचभी६९०२ प्लेन दुवईबाट आम्स्टरडमको लागि उडेको थियो। त्यसमा सवार एक यात्रुले पाद्न थाले। उनले लगातार ‘ग्यास छोड्न’ थालेपछि अरु यात्रुले उनलाई यसो नगर्न आग्रह गरे । अरुको आग्रह पछि पनि लगातार ग्यास छोडेका उनलाई प्लेनको क्रियु सदस्यहरुले पनि आग्रह गरे। त्यसपछि पनि नरोकिएका उनी देखि रिसाएपछि संगै यात्रा गरिरहेका दुई व्यक्तिले उनलाई गाली गर्न थाले।

यात्रुहरु बीच झगडा हुन थालेपछि प्लेन भियान्नामा आकस्मिक अवतरण गरिएको थियो। ‘ग्यास छोड्ने’ व्यक्तिले कुनै अस्वस्थताका कारण त्यसो गरेको हो की भन्ने विषय प्रष्ट नभईसकेको बताइएको छ।

Comments

comments