काठमाडाै । मन्त्रीपरिषद्काे अाइतबार बसेकाे बैठक सकिएकाे छ ।

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मन्त्रीपरिषद्ले केही महत्वपूर्ण निर्णय गरेकाे जानकारी दिँदै तर त्यस बारे अहिल्यै केही भन्न मिल्ने बताए ।

‘बैठकमा केही महत्वपूर्ण निर्णय भएका छन् ‘ उनले भने ’तर त्यस बारे अहिले नै भन्न मिल्दैन । पछि समय अाएपछि बताउँला ।’

बैठकले बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित सदस्य सदस्यको लागि गरेको सिफारिस सहितका निर्णय उल्टाएको स्रोतले जनाएको छ । देउवा सरकारले राष्ट्रियसभा सदस्यको लागि नेपाली कांग्रेस सम्वद्ध व्यक्तिहरु स्याङ्जाका कृष्णप्रसाद पौडेल, झापाका गोपालकुमार बस्तेत र काठमाडौकी चाँदनी जोशीलाई सिफारिस गरेको थियो ।

वाम गठबन्धनले आफूहरुको सहमति बिना देउवा सरकारले एकलौटी रुपमा सिफारिस गरेको जाउँदै त्यसलाई उल्टयाउने बताउँदै आएका थिए । वाम गठबन्धनले देउवा सरकारले गरेको निर्वाचन आचारसंहिता विपरितका सबै निर्णय एकमुष्ट रुपमा बदर गने चेतावनी दिँदै आएका थिए ।

Comments