संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले विवादित विषयमा सहमति जुटाउन फेरि कसरत थालेको छ ।

कार्यतालिकामा तोकिएको समयसीमाभित्र सहमति जुट्न नसकेर संविधानसभाले म्याद थपिदिएपछि समितिले हिजो शनिबारबाट काम सुरु गरेको हो । व्यवस्थापिका संसदमा देखिएको अवरोधले संविधान निर्माण प्रक्रियामा भावनात्मक असर परेको भन्दै आज आइतबार बिहान बसेर सदनको अवरोध खुलाउन प्रयास गर्नेछ ।

यसअघि संविधानसभाले समितिलाई विवादित विषयमा सहमति गर्न असोज १४ गतेसम्म समय उपलब्ध गराएको छ । त्यतिन्जेल सहमति कायम नभए असोज २१ सम्ममा प्रश्नावली बनाएर संविधानसभामा पेस गर्न भनिएको छ । यसअघि तोकिएको समयसीमा भदौ २१ भित्र सहमति नभएपछि समितिले आफूले गरेका सबै कामको विवरण संविधानसभामा पठाएको थियो ।

Comments