मेक्सीको । ओक्साका राज्यको स्यान्टियागो जामिल्टेपेकमा भएको हेलिकोप्टर दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा गएको भूकम्पको केन्द्रविन्दुतर्फ अवलोकन गर्न गएको हेलिकोप्टर शनिबार दुर्घटनामा परेको हो ।

दुर्घटनामा ५ महिला, ४ पुरुष र ३ बालबालिकाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको ओक्साकाका अधिकारीहरुले बताएका छन् । युएच—६० ब्ल्याक हक नामक सैन्य हेलिकोप्टरमा मेक्सिकोका आन्तरिक मामिला सम्बन्धी मन्त्री अल्फोन्सो नाभर्रेटे र ओक्साका राज्यका गभर्नर अलेजान्द्रो मुरात पनि थिए । मन्त्री र गभर्नर भने सकुशल छन् ।

मेक्सिकोमा शुक्रबार राति ७ं.२ रेक्टरको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट ठूलो मात्रामा भौतिक क्षति भएको छ । भूकम्पबाट ५० वटा घर, सभाहल र केही चर्च ध्वस्त भएका छन् । तर अहिलेसम्म मानवीय क्षतिको खवर भने आएको छैन ।

ओक्साका राज्यका अधिकारीहरुले भूकम्प प्रभावितका लागि शिविर स्थापना गरेका छन् । उद्वार तथा सहयोगको लागि ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । एएफपी

Comments