काठमाडौं । नेकपा एमाले माओवादी बीच पार्टी एकता र मन्त्रिपरिषद बिस्तारमा सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल निर्णायक छलफलमा जुटेका छन् ।

ओली र दाहाल भक्तपुरको पुरानो ठिमीस्थित मेडिकल कलेज सन्चालक दुर्गा प्रसाईंको घरमा बसेर निर्णायक टुंगोमा पुग्ने प्रयास गरिरहेका छन्।

झापामा रहेको बी एण्ड सी मेडिकल कलेजका सन्चालक प्रसाईं माओवादी अध्यक्ष दाहाल निकट व्यवसायी हुन् । बी एण्ड सी कलेज सम्बन्धनको पर्खाइमा छ ।

यसअघिका वार्ता माओवादी निकट निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको मानभवनस्थित निवासमा हुने गरेका थिए ।

दुई नेतावीच शनिवार ओली निवास बालकोटमै वार्ता भएको थियो । शीर्ष तहको वार्तापछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।

Comments