काठमाडौं। भारतीय कमेडियन कपिल शर्मा लोकप्रिय कमेडियन मध्येमा गनिन्छन्। तर अघिल्लो वर्ष अर्थात २०१७ ले भने उनको जीवनमा हलचल ल्याइदियो। त्यो हलचललाई साम्य पार्दै यो वर्ष विगतको लोकप्रियतालाई जोगाइराख्ने कोसिसमा छन्, कपिल शर्मा ।

भारतीय संचारमाध्यमका अनुसार कपिलले नयाँ शो लिएर आउने खबर बाहीरीएको हो जसको पोष्टर पनि सार्वजनिक भइसकेको छ। कपिलको यो तेस्रो टेलिभिजन शो हो जुन पहिलेको भन्दा बिल्कुलै फरक हुनेछ ।

cinepati kapil sharma

समाचारहरुका अनुसार, नयाँ शोमा सुनिल ग्रोवर भने हुने छैनन् l तर चन्दन प्रभाकर, किकु शारदा र सुमोना चक्रवती भने शोमा देखिनेछन्। सबैभन्दा पहिला उनको कार्यक्रम ‘कमेडी नाइट्स वीथ कपिल’ कलर्स च्यानलमा हिट भएको थियो । तर, केही विवादका कारण कार्यक्रममा रोक लागेको थियो। अब भने कपिलको नयाँ कार्यक्रमको नाम हुनेछ ‘फ्यामिली टाईम वीथ कपिल शर्मा’।

Comments

comments