काठमाडौं । सरकारले पूर्ववर्ती सरकारले राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम उल्टाउने तयारी थालेको छ ।

देउवा सरकारले २७ माघमा राष्ट्रिय सभासदस्यमा चाँदनी जोशी, गोपालबहादुर बस्नेत र कृष्ण पौडेलको नाम सिफारिस गरेको थियो ।

सो सिफारिस राष्ट्रपतबाट फिर्ता नभए मन्त्रिपरिषद् बैठकबाट अघिल्लो निर्णय फिर्ता लिने निर्णय गरी नयाँ नाम सिफारिस गर्ने तयारीमा सरकार जुटेको छ ।

Comments

comments