लागोस । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा आत्मघाती बम आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

घटनामा २८ जना घाइते भएका छन् । आक्रमणकारीले शुक्रबार ३ वटा आत्मघाती बम प्रहार गरेको नाइजेरियाको आधिकारिक समाचार संस्थाले शनिबार जनाएको छ । प्रत्यक्षदर्शी इद्रिसा बानालाई उद्धृत गरिएको समाचारका अनुसार तीन वटा बम एकैचोटी प्रहार गरिएको थियो ।

बोको हराम लडाकू समूहले विशेष गरेर नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा आक्रमणका घटनाहरु बढी गराएको छ । यही महिनाको शुरुमा उत्तरपूर्वी क्षेत्रमा भएको आत्मघाती बम हमलामा छजनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।

नाइजेरियाको मादागालीमा नयाँ वर्षको पहिलो दिन भएको विस्फोटनमा परी तीनजनाको मृत्यु भएको छ । पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा सन् २००९ देखियता बोको हरामबाट भएका हिंसात्मक घटनामा परी २० हजारभन्दा बढीको मृत्यु भएको छ । सिन्ह्वा

Comments

comments