राष्ट्रपति डाक्टर रामवरण यादवले बाढी प्रभावित पश्चिम नेपालका जिल्लाहरुको निरीक्षण गर्नुहुने भएको छ ।

गत साउनको अन्तिम साता आएको बाढिपहिरोका कारण भएको क्षति र विस्थापीतहरुको अवस्था बुझ्न राष्ट्रपति यादव आजदेखि पश्चिम नेपालका सुर्खेत, बर्दिया, बाँके र दाङको निरीक्षणमा जानुहुने भएको हो । राष्ट्रपति यादवले सबैभन्दा पहिले सुर्खेतमा भएको मानविय तथा भौतिक क्षतिका बारेमा स्थलगत निरीक्षण गर्नुहुने भएको छ । राष्ट्रपती यादव बिहान १० बजे सेनाको हेलिकप्टरमार्फत सुर्खेत पुग्नेछ ।

यादवले हेलीकप्टरबाट सुर्खेतका प्रभावित स्थानहरु कुनाथरी, बाबियाचौर, घाँटगाँउ, तातापानि, तरङगा, हरिहरपुर, छिन्चु, सहारे, मालारानी, धारापानी, साटाखानी हुदै सुव्बाकुनामा रहेको शिबिरमा रहेका बिस्थापीतहू संग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Please follow and like us:

Comments