काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले विहिबार आफ्नो पार्टी सरकारमा सहभागी हुन नसकेको स्पष्टिकरण दिएका छन् ।

अध्यक्ष दाहालले शनिबार भित्र एमालेसँग पार्टी एकता र मन्त्रालय बाँडफाँड लगायतका विषयमा टुंगो लाग्ने वित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने पनि स्पष्ट पारे ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौंमा उदघाटन गर्दै उनले सरकारमा सहभागी हुनु अघि नै राष्ट्रपतिदेखि सभामुखसम्म र अन्य राजनीतिक नियुक्तिका विषय टुंगो लगाउन एमालेसँग सकारात्मक छलफल भईरहेको र शनिवारसम्म टुंगो लागिसक्ने विश्वास पनि व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले मुलुकमा आमूल सुधार हुनेगरी शिक्षा क्षेत्रको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

Comments

comments