मेलबर्न । अष्ट्रेलियाको रिजर्भ बैंकले ५० डलरको नयाँ नोट सार्वजनिक गरेको छ । रिजर्भ बैंकले बिहिबार नयाँ नोटको विशेषता सहित सार्वजनिक गरेको हो ।

बैंकका अनुसार उक्त नोट बढी सुरक्षित र अष्ट्रेलियाको परिचय झल्किने किसिमको रहेको छ। यो नोट आगामी अक्टोबर महिनादेखि बजारमा पठाइने समेत बैंकले जनाएको छ।

यस नोटमा अष्ट्रेलियाका आविष्कारक तथा प्रकाशित पहिलो लेखक डेविड युनेपोन र अष्ट्रेलियाको संसदकी पहिलो महिला सदस्य एडिथ कोवनको तस्बिर रहेको छ। नोटमा लेखक डेविडको किताब तथा संसदमा एडिथको मन्तव्य प्रतिबिम्बित हुने माइक्रोप्रिन्ट राखिएको छ। साथै यसमा अष्ट्रेलियाको परिचय र यी दुई व्यक्तित्वको कार्य झल्किने विभिन्न सांकेतिक चित्रहरु समेत राखिएको छ।

तस्बिर स्रोत : सेभेन न्युज

Comments

comments