मेलबर्न । अष्ट्रेलियाको क्विन्सल्याण्डमा नेपालीहरुको जनसम्पर्क समिति गठन भएको छ । क्विन्सल्याण्डवासी नेपालीहरुलाई एकताबद्ध गरि हरेकको दु:ख सुखमा हातेमालो गर्न सकियोस् भन्ने उद्देश्यका साथ जनसम्पर्क समिति गठन गरिएको हो ।

गत १४ फेब्रुअरीमा सामाजिक अगुवा तथा विभिन्न प्रतिनिधिहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि समिति गठन गरिएको थियो । कार्यक्रममा पूर्व मन्त्री लक्ष्मण घिमिरे मूख्य अतिथि तथा पूर्व अर्थ राज्य मन्त्री उदय शमशेर राणा अतिथी रहनुभएको थियो ।

उक्त कार्यक्रमबाट क्विन्सल्याण्ड जनसम्पर्क समितीको अध्यक्षमा अभिमन्यु के.सी चयन हुनुभएको छ। त्यस्तै, उपाध्यक्षमा आशिष भण्डारी, सचिवमा वसन्त पौड्याल, सह-सचिवमा रदिप थापा, कोषाध्यक्षमा अच्युत अधिकारि तथा सदस्यहरुमा राज कुमार श्रेष्ठ, वामदेव पौड्याल, हरि डि.सी, अमर पन्थ, दिपक कंडेल र दिनेश राना चयन हुनुभएको छ ।

Comments

comments