एकीकृत माओवादी नेता पोष्टबहादुर बोगटीको आज  श्रदाञ्जली सभा गरिने भएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा नेता बोगटीको श्रद्धाञ्जलीसभाको आयोजना गर्न  लागिएको हो । बिहान १२ बजे पार्टी कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेताहरु डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतको सहभागीतामा श्रदाञ्जली सभा हुन लागेको एकीकृत माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बोगटीको सम्झानामा आज ७५ जिल्लामा नै श्रदान्जलीसभा गर्न लागिएको छ । गएको भदौ २६ गते हृयदघात भएपछि उपचारको क्रममा बोगटीको निधन भएको थियो ।

Please follow and like us:

Comments