काठमाडौं । नेपालका शेर्पा र तामाङ समुदायले आज नयाँ बर्षका रुपमा ल्होछार पर्व मनाउदै छन् । शेर्पा समुदायले ग्याल्पो ल्होछार र तामाङ समुदायले सोनाम ल्होछार हर्षोल्लासका साथ मनाउँन लागेकाहुन् ।

शेर्पा र तामाङ समुदायले यस पर्वलाई तीन दिनसम्म बिशेष महत्व दिएर मनाउने गर्दछ । यस अवसरमा पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरि मीठा मीठा परिकार खाँदै एक अर्कामा शुभकामना आदानप्रदान गरि मनाउने गर्दछन् ।

यसैबीच, ग्याल्पो ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै यस पर्वले आपसी सद्भाव नेपाली जनताबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । ल्होछार पर्वले मौलिक नेपाली परम्पराको संरक्षण तथा प्रर्वद्धन गर्न सवैमा हौसला प्रदान गरोस भन्ने कामना समेत व्यक्त गरेका छन् ।

तामाङ समुदायले २८५४ खि ल्होको अवसरमा काठमाडौंको तीनकुने, कोटेश्वरमा वृहत तामाङ सांस्कृतिक महोत्सवको आयोजना गर्दैछ । नेपाल तामाङ घेदुङको नेतृत्वमा सयभन्दा बढी तामाङ संघ संस्थाको संयुक्त आयोजनामा हुने महोत्सव अघि सांस्कृतिक र्याली निकालिनेछ । महोत्सवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

Comments

comments