काठमाडौं । मुलुकुको ४१ औ प्रधानमन्त्री के.पी ओलीले शपथ लगत्तै शहीदलाई संझिएका छन् । प्रधानमन्त्री ओलीले शपथपछि विहीवार लैनचौर र शहीद गेट पुगेर शालिकमा माल्यापर्ण गरेका छन् ।

प्रधानमन्त्री ओलीले चम्पादेवी पुगेर नेपाल कम्युनिष्ट पार्टी संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा समेत माल्यापर्ण गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगै मन्त्री लालबाबु पण्डित र थममाया थापाले पनि शहीद र संस्थापक नेताको शालिकमा माल्यापर्ण गरेका छन् ।

प्रधानमन्त्री ओलीले विहीवार नै कार्यालय पुगेर कार्यभार समाल्ने कार्यक्रम तय भएको प्रेस संयोजक चेतन अधिकारीले जनता समाचारलाई जानकारी गराएका छन् ।

Comments