बीबीसी। ‘तपाइँलाई थाहा छ, आज भ्यालेन्टाइन डे हो नी? प्रेम गर्ने दिन,’ मैले केही अप्ठ्यारो मान्दै र केही डराउँदै एक दुब्ली देखिने एक महिलालाई सोधेँ।

एक ढुंगामाथि थकित मुद्रामा बसिरहेकी ती महिलाको आँखामूनि कालो घेरा थिए र  आँखा अनुहार भित्र पसेका थिए। उनी केही चबाउँदै थिइन्। मेरो प्रश्न सुनेर कुनामा थुक्दै भनिन्, ‘अँ थाहा छ, भ्यालेन्टाइन डे। के भयो त?’

‘के तपाइँले कसैसँग प्रेम गर्नु भको छ?  तपाइँको जिन्दगीमा यस्तो कोही छ जो तपाइँसँग प्रेम गर्छ,’ मैले सोधेँ। मेरो प्रश्न सकिएकै थिएन, उनले बीचमै भनिन्, ‘कोठेवालीसँग कसले प्रेम गर्छ मेडम? कसैले प्रेम गरेको भए म यहाँ हुन्थेँ?’

यति भनेर उनले मलाइ बस्न इसारा गरिन्। म उनको नजिकै भुँइमा नै बसेर कुरा गर्न लागेँ।

सडकको किनारमा एक खाली ठाउँमा केही महिला केही दूरीमा बसिरहेका थिए। गल्ली र मुख्य सडकको बीचमा थोरै खाली ठाउँ बाँकी थियो। सो ठाउँमा पैदलयात्रु आवात जावत गरिरहेका थिए।

म दिल्लीको जिवी रोडमा अवस्थित यस्तो इलाकामा थिएँ, जहाँ महिला आफ्नो शरीर बेचेर विहान बेलुकाको खानाको जोहो गर्छन्।
मलाइ शरीर बेच्न केही लाझ लाग्दैन

यहाँ आउनुपूर्व मलाइ सम्हालिएर र सर्तक भएर कुरा गर्न सुझाव मिलेको थियो। मेरो उद्देश्य जुन महिलासँग सिर्फ यौन सम्पर्क गर्न पुरुष आउँछन् उनीहरुको जीवनमा प्रेमको अनुभव हुन्छ की हुँदैन? भ्यालेन्टाइन डेले उनीहरुको आँखामा चमक ल्याउँकी ल्याउँदैन।

मलाइ यही प्रश्नले मलाइ यो गल्लीसम्म तानेर ल्यायो। जहाँ रंग विरंगका वत्ति, झल्लर देखिन्छ। तर मैले त्यहाँ त्यस्तो केही पनि देखिन्।
यो एक भीडभाड भएको इलाका थियो। आसपास हेर्दा एउटा सानो प्रहरी चौकी, हनुमान मन्दिर र केही पसल थिए। सोधपुछ गर्न थालेपछि एक व्यक्तिले गल्लीतर्फ इसारा गरे, जहाँ एक हट्टीकट्टी महिला कम्मरमा हात राखेर उभिएकी थिइन्।

म जति हाँस्न सक्थे त्यति नै हाँसे, ती महिलासँग भेट गरेँ र मैले यस्तो व्यवहार गरेँ की उनलाइ म पहिलादेखि नै चिन्थेँ।
यसप्रकार मेरो भेट ती दुब्ली पातली महिलासँग भयो जसको विषयमा मैले माथिनै बाइतसकेकी छु। कर्नाटककी ती महिलाको भनाइ थियो, उनले प्रेमका सबै कुरा रद्दको टोकरीमा फालिदिएको बताइन्।

उनले आफ्नो अनुहारतर्फ इसारा गर्दै भनिन्, ‘पैसा भएमात्र रोटी पाइन्छ। उनीहरु हामीसँग एक घण्टासम्म बस्छन्। रमाइलो गर्छन अनि जान्छन्।’  कोलकाताकी निशा विगत १२ वर्षदेखि यो पेशामा छिन्। ‘लोग्ने मानिसहरु ठूला ठूला कुरा गर्छन, तर अहिलेसम्म हामीसँग प्रेम गर्ने हिम्मतवाला देखिएका छैनन्,’ उनले भनिन्।

के १२ वर्षमा उनलाई कसैले पनि प्रेम गरेनन?  उनले भनिन्, ‘त्यस्तो देखिएन। लोग्ने मानिसहरु आउँछन्। प्रेम गर्ने वादा पनि गर्छन्। विवाह गर्छन, बच्चा जन्माउँछन्। अनि केही वर्षपछि छोडिदिन्छन्।’

३६ वर्षीया रिमाको कहानी पनि यस्तै छ। ‘मैले प्रेम गरेकी थिएँ, पहिला एकजना ग्राहकसँग मेरो विवाह भयो। तीन बच्चा पनि भए।’
उनलाई विवाह गरेपछि जीवन सुखमय हुने विश्वा थियो। उनका श्रीमान दिनरात मरिदा पिउँथे र उनलाई पिट्थे।  अति भएपछि रिमाले उनीसँग सम्बन्ध विच्छेद गरिन्।

बीबीसी हिन्दीबाट

Comments