एजेन्सी । सामाजिक संजाल इन्स्टाग्राममा फोटो राख्ने एउटा लहर नै चलेको छ। ती फोटोहरुको दुरुपयोग गर्ने समस्या पनि उत्तिकै बढेको छ ।

इन्स्टाग्रामले कसैको पनि पोस्ट तथा फोटोहरु दुरपयोग नहोस् भन्ने उद्देश्यका साथ नयाँ फिचर ल्याएको छ।

अब तपाईंको इन्स्टाग्राम पोस्ट तथा फोटोको कसैले स्क्रिनसट गर्छ वा रेकर्ड गर्छ भने, तपाईंले थाहा पाउन सक्नुहुनेछ। कसैले रेकर्ड गर्दा वा स्क्रिनसट लिंदा तपाईंको अकाउन्टमा नोटिफिकेशन भने आउँदैन ।

कसले स्क्रिनसट लिएको छ वा रेकर्ड गरेको छ भन्ने थाहा पाउनको लागि तपाईंले आफ्नो स्टोरी हेरेका व्यक्तिहरुको लिस्ट हेर्नुपर्ने हुन्छ र जसले तपाईंको स्टोरीको रेकर्ड गरेको छ, उसको अकाउन्ट नामको छेउमा तारा आकारको चिन्ह देखिनेछ।

Comments

comments