किन्सासा । दुई फरक जातिबीच भएको झडपमा बुधबार १३ जनाको ज्यान गएको छ । इतुरी प्रान्तको एक गाउँमा हेमा र लेन्डु समुदाबीच झडप भएको हो ।

यसअघि गत साता पनि दुई जाति बीचको झगडामा २६ जना मारिएका थिए । त्यस क्षेत्रमा विभिन्न जातिबीच बेला बखत झपड हुने गरेको छ ।

उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएको हिंसात्मक द्वन्द्व कम्तिमा ६० हजारले ज्यान गुमाइसकेका छन् । सिन्ह्वा

Comments

comments