काठमाडौं । लामो समयदेखि विवादमा परेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ गरेका छन् ।

नागरिकता र शैक्षिक प्रमाणपत्रलाई लिएर विवादमा परेको पराजुलीले तत्काल राजीनामा दिनु पर्ने भन्दै कानुन व्यवसायीहरुले बुधबार पुल्चोकस्थित न्याय परिषदको कार्यालय घेराउ गर्दै एक घण्टा धर्ना दिएका हुन् ।

बुधबार न्यायपरिषदको बैठक बसी जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतको रिक्त न्यायाधीश सिफारिस गर्न कार्यसूची छ । पराजुलीको अध्यक्षतामा बैठक बस्न नदिन कानुन व्यवसायीहरुले धर्ना दिएको बताएका छन् ।

यसका साथै कामचलाउ सरकारलाई न्यायाधीश सिफारिस गर्ने अधिकार नरहेको दाबी उनीहरुको छ । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशमाथि लागेका आरोपको संस्थागत खण्डन नगरेसम्म कुनै निर्णय नगर्न पराजुलीको ध्यानाकर्षण गराएका छन् ।

Comments

comments