काठमाडाै । नामिबियामा जारी आइसीसी बिश्व क्रिकेट लिग च्याम्पीनसिपमा नेपालले बुधबार अन्तिम खेल क्यानडासंग खेल्दैछ ।नामिबियाको विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डीङ रोजेपछि क्यानडा ब्याटिङ गर्दैछ ।

शीर्ष दुई स्थानमा रहन ‘गर या मर’को अवस्थामा रहेको नेपालले आजको अन्तिम खेलमा क्यानडालाई जित्नैपर्ने दबाब छ । क्यानडा र नेपालबीचको विजेता अर्को महिना जिम्बावेमा हुने एकदिबसीय विश्वकप क्रिकेट छनोटमा छनोट हुने भएकाले दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ ।

सन् २०१४ देखि अहिलेसम्म नेपालले क्यानडासँग २ खेल खेलको छ । जसमा १ हार र १ जित निकालेको छ । मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई हराँउदै शीर्ष दुईमा पर्ने सम्भाबनालाई बलियो बनाएपछि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब बढेको छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा समान ६ अंकका साथ क्यानडा पहिलो स्थानमा रहँदा नामिबिया दोस्रो स्थान तथा रनरेटका आधारमा नेपाल तेस्रो स्थानमा छ । क्यानडामाथि आज जित निकाले नेपाल सोझै विश्वकप छनोटमा पुग्नेछ भने पराजित भए अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ ।

Comments

comments