अफगानिस्तानमा भएको राष्ट्रपति निर्वाचनको नतिजा आज घोषणा हुने भएको छ ।

निर्वाचन अधिकारीले हिजो शनिबार जनाएअनुसार विवादास्पद निर्वाचनको नतिजा आज घोषणा हुनेछ । यसबीच राष्ट्रपतिका दुई प्रतिस्पर्धीहरुवीच अन्तिम समयमा सत्ता साझेदारीका लागि वार्ता भइरहेको छ । जुन १४ मा भएको निर्वाचनपछि असरफ घानी र अब्दुल्लाह अब्दुल्लाहवीच उत्पन्न विवादले अफगान राजनीति संकटग्रस्त भएको छ । यसबीच अमेरिकी नेतृत्वमा नेटोको सेना तालिबानविरुद्ध १३ वर्षे युद्धपछि स्वदेश फर्कने तयारीमा छ ।

दुबै उम्मेदवारले धाँधली भएको निर्वाचनमा आफूले विजय हासिल गरेको दाबी गरेका छन् ।

Comments

comments