मेलबर्न । अष्ट्रेलियामा छिमेकीले यौन सम्बन्ध राखिरहँदा भिडियो खिचेका युवा देश निकालामा परेका छन् । इन्डोनेसियाबाट ४५७ वर्किङ्ग भिसामा अष्ट्रेलिया आएर सिड्नीमा बस्दै आएका ववन पर्दिअत देश निकाला भएका हुन् ।

२३ वर्षीय ववनले गत वर्षको नोभेम्बरमा आफ्नो छिमेकी जोडीले यौन सम्बन्ध राखिरहेको समयमा भिडियो खिचेका थिए। उनले उक्त भिडियो पोर्न वेबसाइटमा अपलोड गरे। जब ती जोडीका एक साथीले उक्त भिडियो वेबसाइटमा देखेर खबर गरे, तब ववनको कर्तुत बाहिर आएको हो।

पुलिसले पक्राउ गरेपछि उनले त्यो घटना आफूले जानेर नगरेको बताए। तर, उनको ल्यापटप खोलेर हेर्दा उनले आफूसंग एकै घरमा बस्ने महिलाहरुको नुहाइरहेको भिडियोहरु समेत रेकर्ड गरेर राखेको भेटियो। त्यसपछि उनलाई आठ महिनाको जेल सजाय सुनाइयो भने जेलबाट छुटेपछि पनि उनलाई अष्ट्रेलियामा बस्ने अनुमती नदिइने बताइएको छ।

 

Comments

comments