काठमाडौं । दुई पाङ्ग्रे सवारी साधनका लागि मंगलबारबाट इम्बोस्ड नम्बर प्लेट खुला गरिएको छ । प्रदेश नम्बर ३ अर्थात बाग्मती अञ्चलमा दर्ता भएका दुई पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था विभागले अनलाइन फारम खुल्ला गरेको हो । गोरखापत्रमा समाचार छ ।

सरकारी संस्थान वा निजी दुई पाङ्ग्रे सवारीले मंगलबारबाट इम्बोस्ड नम्बर लिन सक्ने विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । इम्बोस्ड नम्बर लिनका लागि विभागको वेबसाइटमा राखिएको इम्बोस्ड नम्बर प्लेट अनलाइनमा निवेदन लिङ्कमा गई तोकिएको विवरण भर्नुपर्ने छ । सवारीधनीले हालसम्मको राजस्व फरफारक गरेको हुनुपर्नेछ ।

Comments

comments