मेलबर्न। अष्ट्रेलियन पासपोर्ट विश्वकै सबैभन्दा महङ्गो पासपोर्टको सूचीमा दोस्रो स्थानमा आएको छ। द न्यु डेलीले निकालेको तथ्याङ्कमा अष्ट्रेलियाको पासपोर्ट महङ्गो पासपोर्ट मध्येमा परेको हो।

उक्त सूची अनुसार सिरियाको पासपोर्ट सबैभन्दा महङ्गो पासपोर्टमा पहिलो नम्बरमा रहेको छ। अष्ट्रेलियाले गत जनवरी देखि बढाएको शुल्कले गर्दा दोस्रो महङ्गो पासपोर्ट बनेको छ भने शुल्क बढाउने तयारिमा रहेको बेलायत यो सूचीमा अहिलेको स्थान भन्दा अगाडी आउने देखिन्छ।

यस्तो छ महङ्गा पासपोर्टहरुको सूची :

  • सिरिया           $ ५००
  • अष्ट्रेलिया          $२८२
  • टर्की               $२५५.६६
  • स्विजरल्याण्ड     $१८२
  • न्युजिल्याण्ड        $१६८
  • क्यानडा              $१६१
  • संयुक्त राज्य अमेरिका  $१५५
  • बेलायत      $१४९.५०
  • सिङ्गापुर्        $७८.५०

Comments

comments