मेलबर्न । अष्ट्रेलियाका बैंकहरु विश्वका धनी बैंकहरुमा पर्दछन् । तर, यहाँक बैंकहरुमाथी सेवाग्रहीको शोषण गर्ने, ठूला कम्पनीहरुसंग मिलेर धोकेबाजी गर्ने आरोपहरु लाग्दै आएको छ।

यस्तो प्रचलन र आरोपले सरकारी सेवा तथा वित्तिय क्षेत्रमै नराम्रो संस्कृति बस्ने भन्दै छानबिन सुरु गरिएको छ। सार्वजनिक छानबिन सम्बन्धि निकाय ‘ द रोयल कमिसन’ ले छानबिन सुरु गरेको हो। बीबीसीका अनुसार, द रोयल कमिसनका आयुक्त केनेथ हायानीले मापदण्ड र अपेक्षा भन्दा तलका व्यवहारमा पर्ने क्रियाकलापबारे छानबिन गरिने बताएका छन्।

यस सम्बन्धि पहिलो चरणको सुनुवाई अनियमित ढंगले हुने धितो, क्रेडिट कार्ड र कार ऋणमा कर्जा प्रवाह सम्बन्धि विषयमा केन्द्रित हुने बताइएको छ।

यस्तो छानबिन बैंकहरु मात्र नभई निवृत्ति योगदान, बीमा र सम्पत्ति व्यवस्थापन सम्बन्धि कम्पनीहरुमा समेत गरिनेछ।

Comments

comments