काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ ।

आजकै दिन शिवलाई मनपर्ने बेलपत्र, पञ्चामृत, पञ्चगव्य र श्रीखण्ड अर्पण गरेर धुनी जगाई यो पर्व मनाइँदैछ । आशुतोष, नीलकण्ठ, बमबम भोले, शङ्कर, शिव, शम्भु, जटाधारी लगायतका विभिन्न नाम उपनामले प्रार्थना गरि महादेव र पशुपतिनाथका रूपमा सर्वव्यापी मानिन्छन् ।

महादेव पार्वतीको विवाह भएको दिन, ब्रह्माले पृथ्वी संहारका लागि रुद्र रूप धारण गरेको दिन र समुद्र मन्थन गरेर आएको हलाहल विषलाई घाँटीमा अड्याएको दिनका रूपमा पनि महाशिवरात्रि मनाइन्छ ।

ज्योतिषीका अनुसार मङ्गलबार राति १०ः५० बजेसम्म त्रयोदशी र यसपछि बुधबार मध्यरात १२ः४४ बजेसम्म चतुर्दशी तिथि रहेकोले बुधबारसम्म नै महाशिवरात्रि पर्व मनाउन सकिन्छ, व्रत बस्नेले मङ्गलबार नै बस्दा राम्रो हुन्छ ।

पश्चिमी वायुको प्रभावले काठमाडौंको वातावरण चिसिएको छ । आकाश धुम्म छ, मौसम उदास छ । तर, पशुपतिनाथ परिसरलाई भने यी कुराले केही फरक पारेको छैन ।

Comments

comments