संयुक्त अरब इमिरेट्समा रोकिनुभएका प्रधानमन्त्री सुशील कोइराला आज न्युयोर्क प्रस्थान गर्नुहुने भएको छ | संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा भाग लिन न्युयोर्क जानेक्रममा  शनिबार आवुधावीमा रहंदा ६ मुलुकमा कार्यरत नेपाली कुटनीतिज्ञसँग वैदेशिक रोजगारमा गएका नेपालीले झेल्दै आएका समस्या र सरकारका तर्फबाट तत्काल सम्बोधन गरिनुपर्ने विषयवस्तुबारे छलफल गर्नु भएको बताइएको छ |

कोइराला अबुधाबी पुग्दा  मध्यपूर्वी एसिया,पश्चिम एसिया र उत्तरी अफ्रिकी मुलुकमा कार्यरत राजदूत तथा कार्यवाहक राजदूत भेला भएका थिए | भेटमा रोजगारीका सिलसिलामा खाडी  मुलुकमा पुगेका नेपाली नागरिकले ब्यहोर्नु परेका झन्झट समाधानका उपायबारे छलफल भएको जनाइएको छ |

Comments