मेलबर्नको व्यस्त सडक किनारामा शनिबार राती एक महिलाले बालिकालाई  जन्म दिएकी छिन्  | अस्पताल लैजाने क्रममा वेस्ट गेट नजिकै अल्टोना नर्थ पुगेका परिवार जनले प्रसव बेदनाले च्यापेकी आमालाई अस्पताल पुर्याउन प्रयाप्त समय नभएको देखे पछि सडक किनारामा नै प्रशुती गराएका थिए | रातको ९ बजेको समयमा बालिकाको जन्म हुँदा सडकमा १०० किमी प्रतिघन्टाको गतिमा सवारी साधन गुडिरहेका थिए |

घटना स्थलमा पुगेका प्यारामेडीक  जोन हिन्टनलाई उल्लेख गर्दै एबिसी न्युजले लेखेको छ ” परिवारले आमा र बच्चाको एकदमै ख्याल गरेका पाइयो  , तर उनीहरुले अस्पताल सम्म पुर्याउन सकिने समयको आंकलन गर्न अलि ढिला गरे | तैपनि उनीहरुले आमा र बच्चाको सुरक्षाका लागि आधारभूत सचेतता अपनाएका थिए | ” प्यारामेडीक हिन्टन पुग्दा बालिकाको जन्म भैसकेको थियो |

राती नै आमा र बालिका दुबैलाई एम्बुलेन्स मार्फत अस्पताल लागिएको छ | हाल उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ |

Comments

comments