एजेन्सी । मस्कोको दमदजियदवा विमानस्थलबाट ओरस्कका लागि उडेको एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ ।

सारातोफ एयरलाइन्सको विमान उडान भरेको ५ मिनेटमै सम्पर्क विहीन थियो । रूसी अधिकारीहरुका अनुसार विमान मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वमा रहेको अरगुनोवो नजिकै दुर्घटनाग्रस्त भएको हो ।

विमानमा ६ जना चालकदलका सदस्य र ६५ जना यात्रु बोकेको एन्टोनफ एन– १४८ विमान कजाकिस्तानको सीमा नजिकै रहेको उराल्सको ओरस्कका लागि उडान भरेको थियो । स्थानीय समय अनुसार दिउँसो विमान दुर्घटनामा परेको हो ।

हवाई सेवाका बारेमा ट्रयाक गर्ने वेबसाइट फ्लाइटराइडर २४ले ट्वीट गर्दै भनेको छ ‘उडान भरेको पाँच मिनेटपछि विमान एक हजार मिटर प्रतिमिनेटको गतिले जमिनतर्फ आइरहेको थियो ।’ रूसी समाचार संस्था तासका अनुसार विमानका अवशेष नजिकै यात्रुहरुको शव छरिएको अवस्थामा भेटिएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटीनले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै दुर्घटनाको छानविन गर्न आदेश दिएका छन् । सन् २०१७ लाई हवाई यात्राको सबैभन्दा सुरक्षित वर्ष मानिएको थियो । एक वर्षको अवधिमा पहिलो पटक व्यापारीक यात्रु जेट दुर्घटनाग्रस्त भएको हो ।

Comments

comments