मेलबर्न। अष्ट्रेलियामा लीबरल फ्रेन्ड्स अफ नेपाल र पेन्सस नेपाली समाजद्धारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित भएका अष्ट्रेलियाका अर्थ सहायक मन्त्री डेविड कोलम्यानले निकट भविष्यमा नै नेपालबाटै अष्ट्रेलियाको लागि भिसा दिलाउने वातावरण बन्ने बताएका छन्।

नेपालले अष्ट्रेलियाको भिसाको लागि दिल्ली धाउनुपर्ने अवस्थाको विषयमा बोल्दै मन्त्री कोलम्यानले नेपालबाटै अष्ट्रेलियाको भिसा जारी गर्ने विषयमा परराष्ट्र मन्त्रीसँग पहल गर्ने बताएका हुन्। उनले अष्ट्रेलियामा रहेका नेपालीहरुले आफ्नो प्रभावाकारी उपस्थिति देखाउँदै फरक पहिचान बनाउन सफल भएको समेत बताए ।

कार्यक्रममा बोल्दै नेपाली राजदूत लक्की शेर्पाले अष्ट्रेलियाले नेपाल र नेपालीलाई सकरात्मक दृष्टीकोणले हेर्ने गरेकोमा खुसी व्यक्त गरिन्। त्यस्तै, लीबरल फ्रेन्ड्स अफ नेपालका अध्यक्ष श्री नापीतले फैलीदै गरेको नेपाली समाज पनि यहाँको राजनीतिमा जोडिनु उपलब्धीमुलक विषय भएको सुनाए। पेन्सस नेपाली समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठले मन्त्री कोलम्यानलाई समाजकोतर्फवाट मागपत्र समेत बुझाएका थिए।

कार्यक्रममा उपस्थित नेपालका अर्थ राज्य मन्त्री उदय शमशेर राणाले विदेशमा रहेको दक्ष जनशक्तीहरुले देशको आर्थिक समृद्धिको लागि सहयोग गर्नुपर्ने बताए । कार्यक्रमलाई योग गुरू भिमसेन सापकोटाले सन्चालन गरेका थिए ।

Comments

comments