काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालयमा कम्तीमा दुईपटक जन्म मिति फेरबदल गरेको र तीन पटक प्रतिलिपि निकालेको तथ्य फेला परेको छ ।

नागरिकताको अभिलेखमा पटक पटक तथ्यांक फेरबदल गर्नु कानुनी रुपमा दण्डनीय मानिन्छ । २०३० साउन २१ मा तनहुँबाट नागरिकताको प्रमाणपत्र निकालेका पराजुलीले त्यसपछि काठमाडौंबाट कम्तिमा दुई पटक प्रतिलिपि निकालेको तथ्य यसअघि सार्वजनिक भएको थियो ।

अर्को कागजातले भने प्रधानन्यायाधीश पराजुलीले २०४९ सालअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अर्को नागरिकता लिएको देखिन्छ ।

यसैगरी कर्मचारी सञ्चयकोष कार्यालयको उच्च स्रोतबाट प्राप्त विवरणअनुसार पराजुलीले अन्य शैक्षिक प्रमाणपत्रमा नभएको जन्ममिति अभिलेखमा पेस गरेको देखिन्छ ।

Comments

comments