काठमाडौं । शिवपुरी–नागार्जुन निकुञ्जको उत्तरपूर्वमा रहेका चारवटा बस्तीका ३ सयभनदा बढी घर गोकर्णेश्वर नगरपालिकामा स्थानान्तरण गरिने भएको छ ।

निकुञ्जले मूलखर्क। ओख्रेनी, चिलाउने र कुने गाउँलाई गोकर्णेश्वर नगरपालिका–३ को नयाँपाटी र सुन्दरीजल क्षेत्रमा स्थान्तरण गर्ने प्रस्ताव वन मन्त्रालयमा पेस गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुँवरले ‘बस्ती स्तानान्तरणसम्बन्धी प्रस्ताव’ राष्ट्रिय निकुञ्ज विभागमा पेस गरेका हुन । प्रस्ताव विभाग हुँदै मन्त्रालय पुगेको छ ।

Comments

comments