चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू राष्ट्रको आवश्यकता अनुसार चल्ने बताएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता अब तीनदिनभित्र टुंगिन्छ’ तीन दिन चितवन बसेका अध्यक्ष दाहालले आइतबार काठमाडौ फर्कने क्रममा सञ्चारकर्मीहरुसँग भने, ‘राजनीति अर्को अर्थ नलागोस् । राष्ट्रको आवश्यकता अनुसार मैले जस्तोसुकै निर्णय लिन सक्छु ।’

अध्यक्ष दाहालले पछिल्लोसमय आफूले पदलाई भन्दा मुलुकको शान्ति र समृद्धिमा प्राथमिकता दिएको बताए । ‘यतिखेर मेरो, मैले नेतृत्व गरेको पार्टी माओवादी केन्द र वाम गठबन्धनको ध्यान मुलुकलाई कसरी समृद्ध पार्न सकन्छ ? भन्नेमै छ’ उनले भने, ‘मुलुक परिवर्तनको यति ठूला सपना बोकेर, र योजना बनाएर हिडेका हामीहरुका लागि अरु कुरा माइनर हुन् । त्यसकारण अहिले मैले पदलाई त्यति महत्व दिएको छैन ।’

Comments

comments