विरगंज । हुण्डी कारोबार गर्ने ४ जनालाई ५६ लाख रुपैयाँँसहित प्रहरीले आइतबार पक्राउ गरेको छ ।

लिङ्करोडस्थित दक्षिणकाली अटोपार्टबाट हुण्डी कारोबार गर्दै आएका मुख्यकारोबारी दिपेश अग्रवाल, घरधनी राजेश रौनियार, विनित अग्रवाल र मनोज पट्टेल पक्राउ परेका हुन् ।

उनीहरुबाट हुण्डी कारोबार वापतकाे ५६ लाख रुपैयाँ नगद २ बोरा कागजात र ६ थान मोइबालसेट बरामद गरिएको प्रहरी प्रहरी उपरीक्षक गणेश रेग्मीले जानकारी गराए ।

Comments

comments