काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट भएको छ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्ण जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा अज्ञात समूहले शनिबार राति साढे १० बजे विस्फोट गराएको हो ।

अज्ञात समूहले प्रहरी सुरक्षार्थ बसेको पोष्ट बम विष्फोट गराएको हो । बम विस्फोटबाट कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको छ ।

घटनामा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

comments