एजेन्सी । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १९ जनाको मृत्यु ४० जना घाइते भएको प्रहरीले जनाएको छ ।

शाटिनबाट ताईपोतर्फ जाँदै गरेको बस ताइपोमा दुर्घटना हुँदा १५ जना पुरुष तथा चार महिलाको घटनास्थलमा नै निधन भएको बताइएको छ ।

उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएका छन् । घानाको अनुसन्धान शुरु गरिएको छ ।

घाइते भेट्न हङकङका कार्यकारी प्रमुख लाम चेङ युएट ङोरले विरामीहरूलाई उपचार सेवा दिइराखिएको प्रिन्स अफ वेल्स अस्पताल पुगेका थिए ।

Comments

comments