ललितपुर । लामो समयसम्म सहमतिमै यौनसम्बन्ध राख्दै आएका स्वास्थ्य क्षेत्रसम्बद्ध दुई पुरुषबीच असमझदारीपछि घटना ‘बलात्कारी’को आरोप–प्रत्यारोपसम्म पुगेको छ। अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

घटना छताछुल्ल हुन थालेपछि स्वास्थ्य सेवा विभागले छानबिन टोली गठन गर्नुपर्ने अवस्था उत्पन्न भयो। गोदावरी नगरपालिका– ५ बस्ने औषधि व्यवसायी जीवन सिलवाल र लेले प्राथमिक स्वास्थ्य चौकीका इन्चार्ज दीपेन्द्र शाहबीच यौनसम्बन्धपछिको मनमुटाव विभाग, स्वास्थ्य चौकी र प्रहरीका लागि टाउको दुखाइको विषय बनेको हो।

मनमुटाव उत्कर्षमा पुगेपछि सिलवालले स्वाथ्य चौकी इन्चार्ज शाहविरुद्ध बलात्कारको आरोपसमेत लगाएका छन्। तनाव मत्थर गर्न विभागले साहलाई सरुवा गरेर कालिकोट पुर्यायो। अनैतिक कार्यले यत्रतत्र खासखुसको रूप लिएपछि घटना सामसुम पार्न दुई महिनाअघि दुवैजनालाई छलफलमा पनि डाकियो। उनीहरू छलफलमा आएर अनुचित कार्य गरेकोमा पश्चात्ताप गर्दै गल्ती पनि स्विकारे। त्यसपछि दुवैजनालाई एकै ठाउँ राख्दा झन् समस्या हुने ठानेर विभागले छुट्याउन साहलाई कालिकोट सरुवा गरेको हो।

‘यस्तो अनुचित कार्य सतहमा आएपछि दुवै जनालाई छलफलमा बोलाइयो। उनीहरूले बदमासी पनि स्विकारे। त्यसपछि विभागको रोहबरमा मेलमिलाप गराइयो’, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले भने, ‘उनीहरूलाई छलफलमा बोलाउँदा सहमतिमा सम्बन्ध राखेको स्विकारेका थिए।

त्यतिबेला दुवैले आनन्द लिने काम गर्यौं। तर हामीले बदमासी गरेका हौं भनेर गल्ती महसुस गरे।’ उनीहरूले विभागसमक्ष यस्तो घटनालाई थप अघि नबढाउन आग्रहसमेत गरेका थिए। विभाग टोलीले गरेको छानबिनपछि विवाद साम्य पार्न साहलाई कालिकोट सरुवा गरिएको पौडेलले बताए।

घटना मत्थर हुन नपाउँदै पुनः सिलवालले साहले एक अन्तर्वार्तामा आफूमाथि बलात्कार हुने गरेको आरोप लगाएका छन्। आफू ११ महिनादेखि बलात्कृत हुँदै आएको उनको दाबी छ।

Comments

comments