काठमाडौं । फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले आपूर्ति विभागलाई झुक्काएको छ । राजधानीमा समाचार छ ।

ठगी आरोपमा कारबाही अघि बढाउने भएपछि ठगी स्वीकार गर्दै मूल्य घटाउने प्रतिबद्धता जाहेर गरेको भए पनि आफ्नै प्रतिबद्धताविपरीत कम्पनीले मूल्य घटाउन नमानेको हो ।

विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले फोर्ड गाडीले मूल्य नघटाएको जानकारी दिए । एक साताअघि बढी मूल्य लिएको स्विकार गर्दै ७५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म प्रतिगाडी मूल्य घटाउने प्रतिबद्धता व्यक्त गरेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

सो प्रतिबद्धता जाहेर गरेको केही दिनपछि आफूले मूल्य घटाएको भनेर कम्पनीका प्रतिनिधिले जानकारी दिएका थिए । तर, विभागले लिखित रूपमा मूल्य घटाएको जानकारी दिन भनेपछि कम्पनी विभागलाइ लिखित प्रतिवद्धता जनाउनुको सट्टा आपूर्तिमन्त्री, मुख्यसचिवदेखि आपूर्ति मन्त्रालयका सचिवसम्मलाई प्रभावमा पारी कारवाही प्रक्रिया रोक्ने चलखेलमा लागेको छ ।

Comments

comments