काठमाडौ । प्रदेश नम्बर ३ को सभामुखमा सानुकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सभामुखमा अरूकाे उम्मेदवारी नपरेपछि उनी निर्विराेध भएका हुन् ।

श्रेष्ठलार्इ सभामुख बनाउन धादिङका प्रदेशसभा सदस्य शालिकराम जमरकट्टेल प्रस्तावक र काठमाडौ क्षेत्र नम्बर ३ का प्रदेशसभा सदस्य रामेश्वर फुयाल समर्थक बनेका थिए ।

काठमाडौ क्षेत्र नम्बर २ क बाट प्रदेशसभामा निर्वाचित श्रेष्ठ नेकपा एमालेका वैकल्पिक पोलिटव्युरो सदस्य हुन् ।

काठमाडौ महानगरपालिका वडा नम्बर ३२ नरेफाँट निवासी श्रेष्ठ यसअघि काठमाडौ जिल्ला विकास समितिको सभापति भइसकेका छन् ।

पंचायकालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय हुँदै अाएका श्रेष्ठ २०६४ चैत २८ काे संविधानसभा निर्वाचनमा काठमाडाैं क्षेत्र नम्बर १० मा माअाेवादी अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए ।

उपसभामुखकाे चयन भने भाेलि हुने भएकाे छ ।

Comments

comments