काठमाडौं । तीन वर्षअघि कोहिनुर चलचित्रको रिलिजकै दौरान पति तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि अभिनेत्री श्वेता खड्का लामो समय डिप्रेसनले थला परिन् । तर पछिल्लो समय पुनः ग्ल्यामर दुनियाँमा रमाउन थालेकी श्वेता आफ्नै निर्माणमा चलचित्र कान्छी मार्फत कमव्याक गर्दैछिन् ।

म्यूजिकल लभ स्टोरी चलचित्र कान्छी आगामी फागुन ४ गते अल नेपाल रिलिज हुँदैछ । चलचित्रको रिलिज मिति नजिकिएसँगै प्रचारप्रसारलाई तीव्र पारिएको छ । लामो समयको अन्तरालपछि यही चलचित्रबाट कमव्याक गर्न लागेकोले निकै उत्साहित रहेको अभिनेत्री श्वेताले बताइन् । चलचित्र उद्योगले नै हो मलाई पुर्नजीवन दिएको,श्वेता भन्छिन् ।

पूर्ण पारिवारिक भनिएको चलचित्र कान्छीमा आकाश अधिकारीको निर्देशन रहेको छ । भने दायहाङ राई,अनु शाह, कामेश्वर चौरसिया लगायतका कलाकारहरु पनि मूख्य भूमिकामा छन् । तेस्रो लिंगी भूमिका श्रेष्ठ पनि यही चलचित्रबाट पर्दामा देखिदैछिन् ।

Comments

comments