एजेन्सी । भारत प्रशासित जम्मुको सुंजवान आर्मी क्याम्पमा शनिबार बिहानै बिद्रोहीले आक्रमण गरेका छन् । बिहान सवा ५ बजे भएको आत्मघाती आक्रमणमा बालिकासहित तीन जना घाइते भएका छन्।

सैनिक जवानकी छोरी घाइते भएकी हुन् । जम्मू रेन्जका आइजी डा। एसडी जमवालले पुष्टि गरेका छन् ।

४र५ जनाको समूहमा आएका आक्रमणकारीले जम्मु बाइपास रोड नजिकै रहेको आर्मी क्याम्पमा आक्रमण गरेका हुन् ।
आक्रमणपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । सेनाको हेलिकप्टरले निगरानी गरिरहेको बताइएको छ ।

Comments

comments