मेलबर्न । सामाजिक विषयवस्तुमा आधारित रहेर विभिन्न लेख मार्फत आफ्ना गहन तर्क राख्ने तथा साहित्य सिर्जना समेत गर्ने निरु त्रिपाठी ‘ देव ललिता’ ले आजदेखि आफ्नो नयाँ परिचय थपेकी छिन् । आज सार्वजनिक गरिएको एक म्युजिक भिडियो मार्फत उनले गीतकार तथा मोडलको परिचय थपेकी हुन्।

Image may contain: 3 people, people standing

चर्चित गायन प्रतियोगिता ‘ नेपाल आइडल ‘ का लोकप्रिय प्रतियोगी निशान भट्टराईको आवाजले सज्जित निरु त्रिपाठीका शब्दहरु रहेको ‘ कोरेर मीठा भावहरु’ म्युजिक भिडियो आज सार्वजनिक भएको छ । बि. पी वाग्ले र विश्व अधिकारिको शब्द संयोजन तथा संगीतले गीतलाई अझ कर्णप्रिय बनाएको छ।

Image may contain: 2 people

लामो समयदेखि रंगमन्चमा अभिनय र निर्देशन मार्फत आफ्नो पहिचान बनाउन सफल राजन खतिवडाले यस म्युजिक भिडियोमा मूख्य कलाकारको रुपमा अभिनय गरेका छन् । म्युजिक भिडियोमा निर्देशक र कलाकार बीचको सम्बन्धलाई कथानक रुपमा प्रस्तुत गरिएको छ। जसमा कलाकारको भूमिकामा निरु त्रिपाठीले अभिनय गरेकी छिन् भने सन्दिप श्रेष्ठलाई सहायक भूमिकामा देख्न सकिन्छ।

Image may contain: 2 people, people dancing, people standing and shoes

अत्यन्तै सुन्दर बनेको ‘ कोरेर मीठा भावहरु’ म्युजिक भिडियोमा नविन भट्टको निर्देशन, राजन लामाको छायांकन तथा सन्तोष भारद्वाजको सम्पादन रहेको छ।

Comments

comments