मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोवास गर्ने नेपालीहरुको सक्रिय संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया ( न्याभ ) को आयोजनामा न्याभ अवार्ड्स २०१८ तथा न्याभको नयाँ कार्यसमितिको लागि निर्वाचन हुने भएको छ।

सन् १९९७ मा स्थापना भएको न्याभले निर्वाचन मार्फत हरेक दुई वर्षमा नयाँ कार्यसमिति चयन गर्ने गर्दछ। आगामी जुन २ मा हुने निर्वाचनबाट आगामी दुई वर्षको लागि अध्यक्ष, दुई उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्यहरुको चयन हुनेछ ।

न्याभको साधारण सदस्यता लिन चाहने व्यक्तिहरुले भने जुनसुकै समयमा पनि सदस्यता लिन सक्छन्। दुई वर्षे साधारण सदस्यताको लागि २० डलर शुल्क तोकिएको छ भने विद्यार्थीहरुको लागि विशेष छुट सहित १० डलर शुल्क रहेको छ।

७ जुलाई २०१८ को लागि न्याभले न्याभ अवार्डस् २०१८ को मिती तोकेपनि विस्तृत जानकारी भने केही दिन भित्रमा सार्वजनिक गर्ने जनाएको छ। न्याभको सदस्यता लिन चाहने व्यक्तिले यहाँ क्लिक गरेर सदस्यताको प्रक्रियामा जान सक्नुहुनेछ।

Comments

comments